लगनगाँठो कस्ने भए सौगात र सृष्टि

केही वर्षदेखि प्रेम संबन्धमा रहेका अभिनेता सौगात मल्ल र अभिनेत्री एवं पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ Shristi Shresthaका छन् ।

सौगात र सृष्टिबीच आगामी वर्ष विवाह हुने भएको हो।

बर्षोँदेखिको प्रेमलाई उनीहरूले २०७९ सालमा बिहेमा परिणत गर्ने भएका हुन्। आउँदो वर्ष विवाह गर्ने तय गरिएको अभिनेत्री सृष्टिले जानकारी दिएकी हुन्।

उनी हालै लन्डनबाट नेपाल फर्किएकी हुन। नेपाल आएका सृष्टिका बुवाआमा र सौगातबीच पनि भेट भइसकेको छ ।

बाबुआमासमेतको सहमतिमा सुष्टिले सौगातसँग लगनगाँठो कस्न लागेकी हुन्।

केही फिल्ममा स्क्रिन सेयर गरिसकेका सृष्टि र सौगातले हालै ‘राधाः द सिक्रेट’ फिल्म निर्माणमा समेत सहकार्य गरेका छन् ।