फिल्म 'मायाप्रीति' मा दिव्या
फिल्म ‘एक्टर : टेक वन’बाट डेब्यु गरेकी दिव्या रायमाझीले फिल्म ‘मायाप्रीति’ साइन गरेकी छन् । उनी फिल्ममा शीर्ष भूमिकामा देखिने छिन् । छायाङ्कन तयारीमा रहेको फिल्मको कार्यकारी निर्माता सन्तोषकुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीसँग दिव्याले लिखित सम्झौता गरेकी हुन् । फिल्मको कार्यकारी निर्मातामा अभिनेत्री निशा अधिकारी पनि छिन् ।रोमान्टिक कमेडी फिल्मलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् ।
फिल्म साइन गरेपछि अभिनेत्री रायमाझीले आफू नेपाली फिल्म क्षेत्रको संस्कारमा हुर्किएकीले राम्रो पटकथा छनोट गर्न सजिलो भएको बताइन् । कथावस्तु आफूले खोजेको जस्तै रहेको उनको भनाई छ । रोलबारे भने उनले खुलाइनन् ।
वनटूथ्री स्टुडियोज प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । बाँकी कलाकार घोषणा गरिने भएको छ ।
प्रतिक्रिया