मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

निर्देशक मिलन चाम्सको निर्देशनमा नयाँ फिल्म ‘सुम्निमा’ बन्ने भएको छ । लभ स्टोरी कथामा बन्न लागेको यो फिल्मको आज नाम सार्वजनिक गरिएको हो ।

यसअघि ‘बिर बिक्रम, लिलिबिली, ब्लाइन्ड रक्स, बबी, गोर्खा वारियर’ जस्ता फरक फरक जनराका फिल्म निर्देशन गरेका मिलन फेरि लभ स्टोरी फिल्मतर्फ लागेका हुन् । गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यो फिल्मले नारीको कथा भन्नछ । फिल्मका लागि कलाकार र प्राविधिकहरू फाइनल गरिएको छैन । 

चाम्सले निर्देशन गरेको फिल्म ‘अञ्जिला’ फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको फेब्रुअरी १५ तारिखमा बेलायतमा प्रिमियर समेत गरिँदैछ ।