‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

फिल्म ‘हन्टर’ घोषणा भएको केही महिना भइसकेको छ । तर, अझै फिल्मको छायांकन सुरु हुन सकेको छैन । यसैबिच, यसको निर्माणपक्षले नायक अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् । उनको अनुहार रगतमा लतपतिएका छ । 

फिल्ममा उनी एक्सन भूमिकामा देखिन लागेको वुझ्न सकिन्छ । क्याच कुक इन्टरटेन्मेन्टको प्रालिको प्रस्तुतिमा निर्माण हुने यो फिल्मले सुदूरपश्चिमको कथा भन्नेछ । जीवन सिंहको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा नायिका गरिमा शर्मा पनि रहने पक्का भएको थियो । तर, अहिले निर्माणपक्षले गरिमाको बिषयमा मौनता साँधेको छ ।

यसले, उनी फिल्मबाट बाहिरिएकी हुन् कि भन्ने शंका उत्पन्न भएको छ । यो फिल्म रियल पात्रको कथामा निर्माण हुने बताइएको छ । ममता सिङ्ग, राजा भट्ट निर्माता रहेको यो फिल्ममा मनिष चन्द र गोविन्द राज सह–निर्माताको रुपमा छन् ।