प्रेममा कुसुम !
मोडल तथा नायिका कुसुम शर्मा हाल प्रेमसम्बन्धका कारण चर्चामा छिन् । टिकटकमा उनको ‘रिलेसनसिप’ छताछुल्ल छ । रोमान्टिक टिकटक भिडियोले उनी प्रेममा छिन् भन्ने पुष्टि गर्छ । ग्ल्यामर क्षेत्रभन्दा बाहिरका विश्व अधिकारीसँग उनी प्रेममा रहेको चर्चा छ ।
टिकटक हेर्दा यी दुई जना प्रेममा रहेको सहजै बुझ्न सकिन्छ । विश्वले पनि टिकटकमा कुसुमसँगका रोमान्टिक भिडिया हालिरहेका छन् ।
टिकटकमा यसरी प्रेम सम्बन्धलाई प्रस्तुत गर्नुले यी दुईले आफूहरूको प्रेमलाई सार्वजनिक रूपमै व्यक्त गरेको बुझ्न सकिन्छ ।
शर्मालाई धेरैले ‘सकम्बरी’ नामले चिन्छन् । अहिलेसम्म ५० भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरेकी कुसुमले फिचर फिल्म ‘वर एन्ड वधू’बाट डेब्यु गरेकी थिइन् ।
प्रतिक्रिया