पूर्व मिस नेपाल निकिता प्रहरीको भूमिकामा

चैत १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘राजागञ्ज’ का दुई अभिनेत्रीको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक भएका छन्। अभिनेत्री द्वय आशा मगराती र निकिता चाण्डकको क्यारेक्टर पोस्टर सार्वजनिक भएको हो । फिल्मको शीर्ष भूमिका इन्स्पेक्टर पूजाको रोलमा आशा चित्रित छिन् । दर्शकले टिजरमार्फत यसअघि उनको लुक्स देखेका छन् । निकिताले इन्स्पेक्टर ममताको भूमिका निर्वाह गरेकी छन् । 

दीपक रौनियार निर्देशित यो फिल्मको शीर्षमध्येको भूमिकामा ७ महिला कलाकारले अभिनय गरेका छन् । सोमबार ५ प्रमुख अभिनेत्रीलाई चित्रण गर्दै क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो, जसमा ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पुष्पा यादव र आरती मण्डल थिए । ऋचाले हेडमास्टर सविता कोइराला, पशुपतिले मेनुका, गौमायाले रमा, पुष्पाले पत्रकार र आरतीले सरस्वतीको भूमिका निर्वाह गरेका छन् । 

आदि फिल्म्सका लागि रौनियार र मगराती, बाँसुरी फिल्म्सका लागि रामबाबु गुरुङ र तन्हाउसर गेटका लागि एलन आर मिलिगनले फिल्म निर्माण गरेका हुन् ।