‘ताण्डवम्’को ‘ए सानु’ गीत रिलिज
फागुनको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानीः ए सानु’ सार्वजनिक भएको छ ।
टिजरलाई दर्शकले मन पराएसँगै यसको निर्माणपक्षले मुख्य कलाकारहरू जुनिम गहतराज र सरिना मगर फिचर्ड गीत सार्वजनिक गरेको हो । यो गीतमा सुशान्त गौतमको शब्द तथा संगीत, इन्द्रकला राइको स्वर छ ।
कलरिष्ट जुनिम गहतराजको डेब्यू निर्देशन रहेको यो फिल्ममा पुस्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवालको अभिनय छ ।
यो फिल्मले एक नव विवाहित जोडीले आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरुको जीवनमा आइपर्ने अकल्पनीय घटनाको कथालाई उठान गरेको छ । फिल्मलाई पारिवारिक तथा एक्सन कथामा निर्माण गरिएको निर्माणपक्षले बताएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुअल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण गरेको यो फिल्ममा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतमको लगानी छ ।
हरि घले लामाको छायांकन रहेको फिल्ममा सम्राट बस्नेतको एक्सन, अनिरुद्ध आत्रेय र हुसेनको कथा, पटकथा तथा संवाद छ ।
प्रतिक्रिया