आयोजक सम्पर्कमा नआएपछि सिलगुडीबाट फर्कियो सबिन राइको टिम


गायक सविन राई र उनको टिम सिलगुडीको सुकना पुगेर प्रस्तुति नदिई फर्किएको छ । आयोजक नै वेपत्ता भएपछि आफूहरु प्रस्तुति नदिई फर्किएको सविन राई सार्वजनिक गरेको एक भिडियोमा उल्लेख छ । फारो ब्याण्डका सदस्यहरुले फ्रेबुअरी २ तारिखमा सिलगुडीमा प्रस्तुति दिने कार्यक्रम थियो । तर, आफूहरु ठगीमा परेको ब्याण्डले जनाएको छ । 
सार्वजनिक भिडियोमा अन्तिम समयसम्म पनि आयोजक सम्पर्कमा नआएपछि आफूहरु फर्किएको उल्लेख गरिएको छ । भिडियोमा सविनले भनेका छन्–‘फ्रेबुअरी २ तारिखमा सुकनाको शोका लागि हामी आएका थियौं । तर, हामी कुनै पनि कलाकारले प्रस्तुति दिन सकेनौं । यसका लगि हामी मनैदेखि क्षमा चाहन्छौं । आयोजकले नजानेको हो वा जानी जानी यस्तो गरेको हो भन्ने हामीलाई थाहा भएन । हामीले आयोजकलाई भेटेको पनि थिएनौं । अनितम समयसम्म पनि आयोजकले अनुहार नदेखाएपछि ठिक भएन जस्तो लाग्यो र हामी अगाडि बढेनौं ।’
उनीहरुले भविष्यमा कुनै पनि कलाकारहरुले यस्तो समस्या भोग्नुपर्ने छैन भन्दै आशा राखेको पनि उल्लेख गरेका छन् । उनीहरुले आफ्ना प्रशंसकसँग माफी समेत मागेका छन् । 
माइ टाइप फेस्टिभलले यो कन्सर्टको आयोजना गर्दै सबिन राइको व्याण्डलाई बोलाएको थियो । तर, आयोजक कलाकारहरुको सम्पर्कमा नै आएन ।