प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?
नायिका प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘ममी’ शुक्रबारदेखि रिलिजमा आउँदैछ । यो फिल्मको प्रचारमा नायिकाद्धय प्रियंका र दिया मास्के पनि कुदिरहेका छन् ।
यो फिल्ममा समावेश ‘म त यसै नक्कली’ बोलको गीत सार्वजनिक भइसकेको छ । यो गीतले दर्शकको अपेक्षाकृत साथ पाउन सकेन ।
यो गीतले फिल्मको व्यापारमा ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको थियो । तर, त्यस्तो भएको छैन । फिल्मको प्रचारमा निर्माणपक्षले नयाँ नयाँ शैली अपनाइरहेको छ ।
तर, प्रियंका भने बलिउड नायिका नोरा फतेहीको गीतको प्रचार गर्नमा बढी व्यस्त देखिएकी छिन् । सामाजिक संजालमा पनि उनी यही गीतको प्रचारमा बढी व्यस्त देखिएकी छिन् । ‘ममी’को प्रचारमा पुग्दा पनि प्रियंका नोराको गीतमै नाँचिरहेको देख्न सकिन्छ ।
प्रियंकाको चर्चा अहिले ‘ममी’को गीतले भन्दा बढी नोराको गीतमा नृत्य गरेका कारण छ । यसले, दर्शकलाई ‘ममी’ भन्दा बढी नोराको गीतको जानकारी प्रियंकाले दिइरहेकी त छैनन् भन्ने देखिएको छ ।
प्रतिक्रिया