के राजनराजसँग गीतको स्टक सकिएको हो ?
गायक, संगीतकार तथा गीतकार राजनराज सिवाकोटीले तयार पारेका गीत संगीतले ऐतिहासिक रेकर्ड राखेका छन् । उनले, तयार पारेको ‘कुटुमा कुटु’ बोलको गीत सर्वाधिक हेरिएको नेपाली गीतमा पर्छ । ‘सुर्के थैली खै देखि चेप्टे चेप्टे पेरुङ्गो’ जस्ता गीतले दर्शकको मन जितेका छन् ।
तर, पछिल्लो समयमा राजनराजका गीतले दर्शकको मन छुन छाडेका छन् । उनले तयार पारेका अधिकांश गीतहरू उस्तै लाग्छन् । सार्वजनिक भएका नयाँ गीतहरू सुन्दा पनि पहिले नै सुनिसकेको गीत जस्तो महशुश दर्शकले गर्न थालेका छन् ।
सोमबार सार्वजनिक भएको फिल्म ‘डोरी’को गीत होस् या केही समय अगाडि सार्वजनिक फिल्म ‘अञ्जिला’को गीत नै किन नहोस्, राजनराजका गीतमा नयाँपन देखिदैन ।
राजनराज नेपाली फिल्ममा लोकलयलाई अगाडि बढाउने सर्जक हुन् । जसले, नेपाली फिल्मको प्रचारमा लोकलयका गीतको महत्वपूर्ण भूमिका हुन्छ भन्ने प्रमाणित गरिदिएका थिए । यसपछि, नै नेपाली गीतसंगीतमा लोकलयका गीतहरूलाई प्रमुख स्थान दिन थालिएको हो ।
तर, आजका दिनमा उनका गीतहरूमा नयाँपन देखिन थालेको छ । जसलेगर्दा, राजनराजसँग गीतको स्टक सकिएको त होइन भन्ने प्रश्न उब्जिन थालेको छ ।
प्रतिक्रिया