‘कमेडी किड्स’को घोषणा

रघुजी फिल्मस्ले नयाँ रियालिटी शो ‘कमेडी किड्स’को औपचारिक घोषणा गरेको छ । कार्यक्रममा रियालिटी शो ‘कमेडी किड्स’को लोगो सार्वजनिक गरिएको छ । 

पछिल्लो समय नेपालमा रियालिटी शोहरु संख्या बढ्न थालेको अवस्थामा यो नयाँ रियालिटी शो बजारमा आउन लागेको हो । बालबालिकाहरूलाई लक्षित गरि निर्माण गरिने शोमा ४ देखि १४ बर्ष उमेरसम्मका बालबालिकाले सहभागिता जनाउन पाउने रघुजी फिल्म्सका सञ्चालक रघुनाथ सापकोटाले जानकारी दिए ।

फागुनको पहिलो साताबाट डिजिटल अडिसन सुरु हुने यो शोलाई सन्तोष खनालले निर्देशन गर्दैछन् । जुरी टिम र अन्य टिम केही समयमा नै फाइनल हुने बताइएको छ । प्रतियोगिताका विजेताले नगद पुरस्कार पाउने बताए पनि कति नगद पाउँछन् भन्ने खुलाइएको छैन ।