जन्मदिनमा सुशान्तको 'झन्डै' (भिडियो)
गायक सुशान्त केसीले जन्मदिन अवसरमा नयाँ गीत ‘झन्डै’ सार्वजनिक गरेका छन् । गीतमा इशान केसीसँग सुशान्तले सङ्गीत दिएका छन् । सुशान्त र राजश्री थापाले अभिनय गरेको गीतमा बिछोडको भाव प्रस्तुत गरिएको छ ।
गीत सार्वजनिक गर्दै केसीले युट्युबमा लेखेका छन्, ‘तपाईँको न्यानो शुभकामनाको लागि धन्यवाद । मार्च ८ मा भक्तपुरको सल्लाघारी मैदानमा सबैलाई भेट्ने आशा गर्दछु । यो पढ्ने जो कोहीको लागि- तपाईँ मेरो लागि उपहार हुनुहुन्छ । म तपाईँलाई पनि केही उपहारहरू पठाउन चाहन्थे- ती मध्ये एक यो गीत हो । धेरै माया !’
गत वर्षको डेटाअनुसार, सुशान्त इन्टरनेट प्लेटफर्ममा सबैभन्दा धेरै सुनिने र हेरिने गायक हुन् ।
प्रतिक्रिया