पुष्प र उषा फिचार्ड 'नमस्ते ढोग्दिया' सार्वजनिक
पुष्प खड्का अभिनीत गीत 'नमस्ते ढोग्दिया' सार्वजनिक भएको छ । फिल्ममा काम नपाएको भन्दै आलोचना भइरहेको समयमा पुष्पले टिकटकमा भाइरल रहेको'नमस्ते ढोग्दिया' शब्दलाई लिएर बनेको गीतमा अभिनय गरेका हुन् । म्युजिक भिडियोबाट नै आएका पुष्प हाल पनि म्युजिक भिडियो मै व्यस्त छन् ।
गीतमा कविता खत्री र खेम सेंच्युरीको स्वर छ। गीतमा शब्द सङ्गीत रमेश परियारको रहेको छ भने विश्वास नेपालको सङ्गीत संयोजन रहेको छ । अशोक विश्वकर्मा निर्देशित भिडियोमा पुष्पको साथमा उषा उप्रेतीको नृत्य छ । भिडियो अजय रेग्मीले खिचेका हुन् भने सम्पादन प्रवीण भट्टको रहेको छ ।
प्रतिक्रिया