प्रियंका र स्मिताको ‘ज्यानमाया’

गायिका स्मिता दाहालको स्वरमा नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ । यो गीतमा दीपक शर्माको संगीत, नवराज ढुंगानाको शब्द छ ।

सार्वजनिक भिडियोमा नायिका प्रियंका कार्की, मोडल कविता नेपाली र सरोज ओलीलाई फिचरिङ गरिएको छ ।

गम्भीर विष्टको निर्देशनमा तयार भएको यो भिडियोमा पवन सुस्लिङ्गको छायाँकन र सम्पादन छ । सुरेन्द्र बसेल यो भिडियोको सह–निर्देशक हुन् ।