प्रदीपको तारिफ गर्दा जब पूजाको बोली चिप्लियो...

फिल्म ‘प्रेमगीत’मा काम गरेपछि नायिका पूजा शर्मा र नायक प्रदीप खड्काको सम्बन्धमा पानी बाराबारको अवस्था आयो । यसपछि, यी दुईले एकसाथ फिल्ममा काम गरेका छैनन् । 

तर, निर्देशक सुदर्शन थापाले  निर्देशन गर्न लागेको एक लभ स्टोरी फिल्ममा पूजा र प्रदीपले काम गर्न लागेको चर्चा छ । निर्देशक थापाले प्रदीपको नाम सार्वजनिक गरेपनि पूजासँग सहकार्य हुन लागेको हो या होइन भन्ने विषयमा केही पनि बोलेका छैनन् । 

तर, फिल्म ‘पुजार सार्की’ हेरेपछि भने नायिका पूजा शर्माले प्रदीप खड्काको खुलेरै तारिफ गरिन् । उसो त, यो फिल्मबाट प्रदीपले निकै राम्रो तारिफ पनि पाइरहेका छन् । 

पुजाले प्रदीपको काम देखेर आफू छक्क परेको र कुनै दृश्यमा त आफूले काम गर्न पाएको भए पनि हुने भन्ने खालको महशुश भएको उल्लेख गरेकी छिन् । तर, यति भन्दै गर्दा उनले प्रदीप पर्दामा नदेखिँदा बोर हुने अभिव्यक्ति दिइन् ।

यो अभिव्यक्तिपछि भने नायक आर्यन सिग्देल र पल शाहका फ्यान उनीसँग असन्तुष्ट देखिएका छन् । किनकी, प्रदीप पर्दामा नआउँदा बोरिङ हुने अभिव्यक्तिले अरु कलाकारको कामलाई भने पूजाले वेवास्ता गरेको देखिन्छ । उसो त पूजाको बोली चिप्लिएको पहिलो पटक होइन । उनको बोली बारम्बार चिप्लने गर्दछ । 

यसपटक, प्रदीपको तारिफ गर्दै गर्दा उनले अरु कलाकार पर्दामा आउँदा दिक्क लागेको अभिव्यक्ति दिएकी छिन् । पूजाको अब बोली चिप्लियो या जानी जानी उनले यस्तो बोलिन्, यो उनले नै जान्ने कुरा भयो ।