को हुन् अनुप विक्रमकी प्रेमिका ?

नायक अनुप विक्रम शाही फिल्ममा आफ्नो अभिनय, सुगठित शरीर र प्रेमका कारण सधैं चर्चामा रहन्छन् । फिल्ममा नायक होस् या खलनायक, उनको अभिनयले दर्शकको मन जितेको छ ।

यस्तै, उनको सुगठित शरीर पनि चर्चाको बिषय बन्ने गरेको छ । यतिमात्र होइन, अनुप विक्रम प्रेमका कारण पनि चर्चामा रहन्छन् । 

उनै, अनुपले सामाजिक संजाल इन्स्टाग्राममा एक तस्वीर पोष्ट गरेका छन् । बौद्ध स्तुपा अगाडि उनी एक युवतीसँग अंकमाल गर्दै उभिएका छन् । तस्विरमा उनीहरुको अनुहार देखिएको छैन । 

अनुपले आफू प्रेममा रहेको जानकारी शुभचिन्तकलाई दिएका छन्, तर प्रेमीका को हुन् भनेर अहिले चिनाउन नचाहेको प्रष्ट हुन्छ । 

अनुपको यो तस्विरमा कमेन्ट अफ गरिएको छ । उनको तस्विरमा फिल्म क्षेत्रमा थुप्रै नायिकाहरूले लाइक गरेका छन् । 

आखिर, अनुपले आफ्नी प्रेमीका कहिले सार्वजनिक गर्लान् त ?