भुवन, पुजा र प्रदीपको विवादपछिको अंकमाल

बेलायतको लण्डनमा थर्ड आई फिल्मस्ले आयोजना गरिरहेको ‘नेपाली फिल्म फेस्टिभल’मा सहभागी हुन दर्जन बढी कलाकार जुलाई १८ तारिखमा त्यता जाँदैछन् । जहाँ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नायिका पूजा शर्मा र नायक प्रदीप खड्का पनि छन् । 

उसो त भुवन, प्रदीप र पूजाको सम्बन्ध आफैंमा चर्चामा रहन्छ । भुवनको प्रदीप र पूजासँग विवाद भयो । पूजा र प्रदीप केही बर्ष नै बोलेनन् । तर, अहिले यी तीनै जना एउटै कार्यक्रममा सहभागी हुन जाँदैछन् । 

मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा यी तीनै कलाकार एकसाथ भेटिए । यी तीनै कलाकार एकसाथ अंकमाल गर्दै मिडियाको अगाडि खुशी देखिए । 

फिल्म ‘प्रेमगीत ३’ रिलिजको समयमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र नायक प्रदीप खड्काबीच विवाद देखियो । यस्तै, फिल्म ‘प्रसाद २’को प्रिमियरमा नायिका पूजा शर्माले भुवनको गाला निमोठेपछि आलोचना भयो । भुवनले पनि पूजाबाट आफूलाई यस्तो अपेक्षा नभएको जवाफ दिए । 

यता, प्रदीप र पूजाको फिल्म ‘प्रेमगीत’मा काम गरेपछि लफडा भयो । केही बर्ष उनीहरुबिच बोलचाल नै भएन । अब, उनीहरू मिलिसकेका छन् भने एकसाथ फिल्ममा काम पनि गर्दैछन् । 

मंगलबार आयोजित कार्यक्रममा पनि तीन जना कलाकारको मेलमिलाप देखिएको थियो ।