वर्षाले किन दिनुपर्यो ‘गर्भवती’ नभएको स्पष्टिकरण ?

नायिका वर्षा राउतले आफू ‘गर्भवती’ नरहेको स्पष्टीकरण सामाजिक संजालमा दिएकी छिन् । शनिबार काठमाडौंमा मुसलधारे पानी परिरहँदा वर्षाले दुई वटा तस्विर पोष्ट गरिन् ।
वर्षाले प्रकृतिको कुरा गर्दै सावरको समय भएको लेखेकी छिन् । उनको दुई तस्विरमा पेट पनि पुट्ट देखिएको छ । यही दुई तस्विर र उनले लेखेको स्टाटसका कारण उनका फ्यानहरु झुक्किए ।
सामाजिक संजालमा उनले पोष्ट गरेको तस्विरमा बधाईको ओइरो नै लाग्यो । बधाई आउन थालेपछि वर्षाले लेखिन्–‘सबै जना शान्त रहनुहोला, म गर्भवती छैन ।’
वर्षाको पेट पुट्ट निस्किएपछि धेरै जना झुक्किएका हुन् । तर, ६ बर्ष अगाडि प्रेमी संजोग कोइरालासँग बिहे गरेकी वर्षाले तत्काल आमा बन्ने योजना नरहेको बताउँदै पनि आएकी छिन् ।
कामको कुरा गर्नुपर्दा वर्षाले फिल्म ‘मेयर’को छायांकन सकाएकी छिन् । यस्तै, उनी एक महिना फिल्म ‘तेल भिसा’को छायांकन अमेरिकामा सकेर नेपाल फर्किएकी छिन् ।

सौगात सृष्टि इन्गेजमेन्ट !

‘कमेडी दरबार’माथि बारम्बार किन आक्रोशित शोभित ?

सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?

प्रेममा कुसुम !

प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?

के राजनराजसँग गीतको स्टक सकिएको हो ?

बिहे भएको ६ महिनामै अरुणिमाको डिभोर्स !

प्रतिक्रिया