नेपाली फिल्मले फड्को मारिरहेको छः पल शाह

फिल्म ‘पुजार सार्की’ले सुखद कमाई गरिरहँदा उत्साहित भएका नायक पल शाहले नेपाली फिल्म क्षेत्रले फड्को मारिरहेको बताएका छन् । मंगलबार मध्यरातमा काठमाडौंको एफक्यूब हलमा पुगेका नायक शाहले दर्शकसँग बसेर साक्षात्कार गरे । रातको साढे १० बजेको शो हाउफूल भएपछि शाह निर्देशक दिनेश राउतको साथमा हल पुगेका थिए । 

उनले नेपाली फिल्मले फड्को मारिरहेको सुनाए । उनले भने–‘निकै हाइप कमाएका विदेशी फिल्महरु मात्र मध्यरातमा चलेको थाहा थियो । तर, नेपाली फिल्मलाई पनि दर्शकले यो खालको माया दिनुभएको छ । निकै खुशी लागेको छ । नेपाली फिल्मले फड्को मारिरहेको अनुभुती भएको छ ।’

यता, फिल्मका निर्देशक दिनेश राउतले पनि आफूहरुको फिल्म सफल भइसकेको भन्दै खुशी व्यक्त गरे । उनले भने–‘मलाई मैले बनाएका फिल्म व्यवसायिक र समिक्षागत रुपमा नै सफल होस् भन्ने लाग्छ । यसपटक दुबै भएको छ ।’

जेठको १० गतेबाट रिलिजमा आएको यो फिल्मले दर्शकको उच्च साथ पाइरहेको छ । विकास सुवेदीको लेखनमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह, अन्जना बराइली, परिक्षा लिम्बु लगायतका कलाकारको अभिनय छ ।