मैले अवार्ड नपाउँदा त्यसको औचित्यमाथि नै प्रश्न उठोस् भन्ने लाग्छः प्रदिप खड्का

नायक प्रदीप खड्काले आफूलाई कुनै पनि अवार्डको लोभ नभएको बताएका छन् । मेरो फिल्मसँग कुरा गर्दै प्रदीपले आफूले अवार्ड नपाउँदा त्यो अवार्डमाथि प्रश्न उठोस् भन्ने तरिकाले काम गर्न मन लाग्ने बताए ।

उनले भने–‘मैले नपाउँदा अवार्डको औचित्यमा नै प्रश्न उठोस् भन्ने प्रयास पनि यही हो । अवार्ड भनेको कुनै पनि कलाकारको लागि महत्वपूर्ण हुन्छ । तर, त्यो प्रायोजित, नियोजित र परिचालित भने हुनु भएन ।’

प्रदीपले अगाडि भने–‘मलाई अवार्ड नदिँदा पनि अवार्ड नदिनेमाथिको औचित्य माथि नै प्रश्न उठोस् न । म किन बोल्नु भन्दा पनि मेरो काम बोलोस् भन्ने लाग्छ ।’

प्रदीपले फिल्म ‘प्रेमगीत’मा काम गर्दा आफूले डेब्यू फिल्मको रुपमा अवार्डमा नाम दर्ता नगरेको पनि बताए । उनले भने–‘मैले स्केपको नाम नराखेर, प्रेमगीतलाई डेब्यू फिल्म भनेको भए पनि हुन्थ्यो । तर, मैले प्रेमगीतबाट नै अवार्डमा आवेदन दिएको थिएँ । मलाई अवार्डको लोभ थियो भने, त्यतीबेला नै हातपाउ जोड्थे होला नी ।’

प्रदीपले अभिनय गरेको फिल्म ‘पुजार सार्की’ जेठको १० गतेबाट रिलिजमा आउँदैछ । प्रदीप यो फिल्मलाई लिएर उत्साहित देखिएका छन् ।