बैशाखमा ‘ग्रामिण चलचित्र महोत्सव’ हुने

सेलिब्रिटी नेपालको आयोजनामा हुने ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’को मिति तय गरिएको छ । यो महोत्सव वैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप नगरपालिकामा यो महोत्सव हुने भएको हो ।

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको मिति सार्वजनिक गरिएको हो । यो महोत्सवमा फिचर फिल्म, सर्ट फिल्म, वृत्तचित्र, कल्चर फिल्महरू प्रदर्शन गरिनेछ ।

साथै, नेपाली फिल्म पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरू पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए । 

महोत्सवमा करिब २ दर्जन फिल्म देखाउने र फिल्मका सम्बन्धित व्यक्तिरुसँग गाउँले दर्शकहरुले अन्तरक्रिया पनि गर्नेछन् । रामेछाप जिल्लामा फिल्म घर नै छैनन् ।

फिल्म हेर्न रुचि राख्ने दर्शकहरुलाई यो महोत्सवले पूर्ण मनोरञ्जनका साथै नेपाली फिल्म क्षेत्रको प्रचार प्रसार हुने आयोजकले अपेक्षा राखेको छ । महोत्सवमा करिब ३ हजार दर्शकको सहभागिता रहने लक्ष्य आयोजकले लिएको छ ।