‘जात्रा’ सिरिजको प्रिमियरमा वर्षाका फरक स्टाइलः कुनै विवादित, कुनै चर्चित

नायिका वर्षा राउतका लागि ‘जात्रा’का तीन सिरिज निकै नै लक्की देखिएका छन् । उनले करिअर ‘नाई नभन्नु ल ४’बाट सुरु गरेपनि ‘जात्रा’बाट उनको चर्चा झनै बढ्यो । यो फिल्मले बक्स अफिसमा ५१ दिन मनाएपछि वर्षा पनि चम्किइन् । 

यसपछि, फिल्मको दोस्रो सिरिज ‘जात्रै जात्रा’ले पनि बक्स अफिसमा सफलता पायो । यो फिल्मले पनि वर्षाको करिअरलाई नयाँ उचाइमा पुर्यायो । यसपछि, वर्षाले अभिनय गरेको फिल्म ‘महाजात्रा’ले पनि बक्स अफिसमा सफलता पाइरहेको छ । 

यी तिनै फिल्मको प्रिमियरमा वर्षाले लगाएको पहिरनको हामी यहाँ चर्चा गर्दछौं । फिल्म ‘जात्रा’को प्रिमियरमा वर्षाले लगाएको पहिरनको खासै चर्चा भएन । यो फिल्ममा उनले गरेको कामको भने चर्चा भयो । 

यसपछि, फिल्म ‘जात्रै जात्रा’को प्रिमियरका लागि अष्ट्रेलिया पुगेकी नायिका वर्षा राउतको पहिरनले उनको चर्को आलोचना भयो । उनले खुलेको पहिरन लगाएपछि सामाजिक संजालमा यसले निकै नै चर्चासँगै आलोचना भोग्यो । वर्षाले यो पहिरनलाई लिएर लामो समयसम्म स्पष्टीकरण पनि दिनु परेको थियो । 

यसपटक, फिल्म ‘महाजात्रा’को प्रिमियरमा पनि वर्षाले लगाएको लेहेङ्गामा धेरैको ध्यान गयो । वर्षाले लगाएको पहिरनले यसपटक चर्चा बढी पायो । 
उसो त, वर्षा राउतको पहिरन रोजाइका विषयमा दर्शकहरुको आ–आफ्नै तर्क छ । अधिकांश दर्शकले भने वर्षालाई खुलेको पहिरन नलगाउने आग्रह गरेको पाइन्छ ।