सन्तोषको ‘बलिदान’मा विराजका छोरा समीर भट्ट फाइनल

लामो समयदेखि नायकको खोजीमा रहेका निर्देशक तथा निर्माता सन्तोष सेनले अन्ततः बलिदानका लागि मुख्य कलाकार फाइनल गरेका छन् । 

सन्तोषको बलिदानमा नायक समीर भट्टले काम गर्ने पक्का भएको छ । समीर नायक विराज भट्टका छोरा हुन् । समीरले फिल्म ‘१२ गाउँ’मा पनि काम गर्ने पक्का भइसकेको छ । 

योसँगै फिल्मका लगि मुख्य नायक पक्का भएको र अब अन्य कलाकारलाई संझौता गर्न तर्फ ध्यान दिने निर्देशक तथा निर्माता सेनले जानकारी दिए । उनले मेरो फिल्मसँग भने–‘हामीले लामो समयदेखि नायकको खोजी गरिरहेका थियौं । जसले यो फिल्ममा एक युग पुरुषको भूमिका निर्वाह गर्नेछन् । विभिन्न नायकहरूसँग कुरा पनि भइरहेको थियो । अन्ततः समीरजी काम गर्न सहमत हुनुभयो ।’

यो फिल्ममा मुख्य खलनायकको रुपमा सौगात मल्ल र अर्पण थापा फाइनल भइसकेका छन् । फिल्ममा मुख्य नायक फाइनल भएपछि अब वैशाखको दोस्रो साताबाट छायांकन सुरु गर्ने निर्माणपक्षले बताएको छ । 

यो फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । निर्माणपक्षले समीर फाइनल भएसँगै नयाँ तीन वटा पोस्टर समेत तयार पारेको छ । जसमा समीरको एङ्ग्री अवतार देख्न सकिन्छ ।