बक्स अफिसमा चम्कियो ‘सैतान’

बलिउड फिल्म ‘सैतान’ले बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेको छ । यो फिल्मले दुई दिनमा नै भारतीय बक्स अफिसमा ३४.३९ करोडको व्यापार गरेको छ । फिल्मले पहिलो दिन शुक्रबार १५.२१ करोड र दोस्रो दिन शनिबार १९.१८ करोडको व्यापार गरेको छ । 

बक्स अफिसमा हरर जनराको यो फिल्मलाई दर्शकले अत्याधिक रुचाएका छन् । समीक्षकले पनि यो फिल्मलाई उच्च रेटिङ दिएका छन् । यो फिल्ममा अजय देवगण, आर माधवन लगायतका कलाकारको अभिनय छ । 

फिल्मले आज आइतबार पनि बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । तीन दिनमा नै फिल्मले ५० करोडको आँकडा पार गर्ने पक्का भएको छ । 

अजय देवगणले नै यो फिल्मको निर्माण गरेका हुन् । उनले, अभिनय गरेको फिल्म ‘मैदान’ इदमा रिलिज हुँदैछ ।