‘डन ३’मा कियाराको पारिश्रमिक १३ करोड

बलिउड नायिका कियारा आडवाणीले नयाँ फिल्म ‘डन ३’का लागि महँगो पारिश्रमिक बुझेकी छिन् । 

भारतीय मिडियाका अनुसार, यो फिल्मका लागि कियाराले १३ करोड पारिश्रमिक बुझेकी हुन् । कियाराले हालसम्म बुझेको मध्ये यो उच्च पारिश्रमिक हो । 

फरहान अख्तरको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा छन् । नायक साहरुख खानले तेस्रो सिरिजमा काम गर्न अस्विकार गरेपछि निर्माणपक्षले रणवीरलाई अनुबन्धित गरेको हो । 

बलिउडमा कियाराको राम्रो क्रेज छ । उनले अभिनय गरेका फिल्महरूले पनि व्यवसायीक रुपमा सफलता पाइरहेका छन् । यसैले, उनले यो फिल्मका लागि महँगो पारिश्रमिक लिएकी हुन् । 

यसअघि ‘डन र डन २’मा नायिका प्रियंका चोपडाले अभिनय गरेकी थिइन् ।