फिल्मी प्रिमियरमा गरिमाको दौडधुप

आफूले पनि फिल्म खेल्न थालेपछि नायिका गरिमा शर्माको दौडधूप फिल्मका प्रिमियरमा बढ्न थालेको छ ।
गरिमाले २ वटा फिल्ममा अभिनय गरिसकेकी छिन् । उनले अभिनय गरेको फिल्म ‘लण्डन टू पेरिस’को छायांकन बल्ल सकिएको छ । फिल्मको छायांकन सकिएसँगै रिलिज हुने आशाले गरिमा खुशी छिन् ।
अर्कोतिर, गरिमाले फिल्म ‘ह्रस्व दीर्घ’मा पनि काम गरेकी छिन् । यो फिल्मको चितवनको छायांकन सकिएको छ भने मुम्बईको छायांकन बाँकी नै छ ।
गरिमा बुधबार आयोजना भएको फिल्म ‘गोर्खा वारियर’को प्रिमियरमा पुगिन् । सारीमा आकर्षक भएर पुगेकी गरिमा फिल्म हेर्दा उत्साहित देखिइन् ।
टिकटक, म्युजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी गरिमा दर्शकमाझ आफ्नो काम देखाउन हतारिएकी छिन् । अब उनको कुन फिल्म पहिलो रिलिज हुन्छ, हेर्न बाँकी छ । तर, गरिमा भने आफ्नो करिअर फिल्म क्षेत्रमा नै बनाउने दौडमा छिन् ।

सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?

प्रेममा कुसुम !

प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?

के राजनराजसँग गीतको स्टक सकिएको हो ?

बिहे भएको ६ महिनामै अरुणिमाको डिभोर्स !

दिव्यालाई डेब्यूमै सकस

महोत्सवमा दुर्गेशसँगै नाचे दीपक र दीपा

प्रतिक्रिया