कास्कीकोटमा पुजा गर्दै सुरु भयो ‘पुजार सार्की’को छायांकन

फिल्म ‘पुजार सार्की’को छायांकन आजबाट सुरु भएको छ । नायकत्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको यो फिल्मको छायांकन कास्की जिल्लाको कास्कीकोटबाट सुरु भएको हो ।
आइतबार पहिलो अनुहार सार्वजनिक गरेपछि फिल्मको हाइप उकासिएको छ । फिल्मको अन्तराष्ट्रिय अधिकार समेत विक्री भइसकेको छ । कास्कीकोटमा नै यो फिल्मको सम्पूर्ण छायांकन हुने निर्माणपक्षले बताएको छ । फिल्मका कलाकार तथा प्राविधिकहरूले क्यामेरा पूजा गर्दै छायांकन सुरु गरेका हुन् ।
दिनेश राउतको निर्देशनमा तयार हुने फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । फिल्मले जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथालाई भन्नेछ । फिल्ममा नायिकाद्धय अन्जना बराइली र परीक्षा लिम्बुले पनि मुख्य भूमिकामा अभिनय गर्नेछन् ।
फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
सुवास भुसालको लगानीमा बन्ने फिल्ममा राजेश श्रेष्ठको डीओपी, सुप्रिम पराजुलीको सम्पादन रहनेछ ।

‘फेरि रेशम फिलिली’को रमाइलो टिजर

‘लाज शरणम्’को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

‘सारंग’ मेरो करिअरको दोस्रो इनिङः ऋचा शर्मा

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

‘जुना’को टिजरमा छोरीको व्यथाको कथा

बाबु छोरीको प्रेम र सङ्घर्ष देखाइएको '‘रङ्गी’' टिजर

प्रतिक्रिया