हलिउड छाड्ने तयारीमा एन्जेलिना जोली

ब्राड पिटसँगको लामो विवादका कारण वाक्क भएकी अभिनेत्री एन्जेलिना जोलीले हलिउड छाड्न चाहेको बताएकी छिन् ।

अभिनेता ब्राड पिटसँगको सम्बन्ध विच्छेदपछि फिल्म उद्योगमा र साथीहरूका बीचमा पनि आफ्नो छवि खराब व्यक्तिको रूपमा स्थापित गर्ने प्रयास गरिएको भन्दै उनले उद्योग नै छाड्ने मनस्थिति बनाएको समाचारमा उल्लेख गरिएको छ ।

‘अरू त अरू जोलीका साथीहरू पनि उनीसँग टाढिन थालेका छन् । उनीहरूको हिप्पोक्रेसी देखेर पनि जोली लसएन्जल्स छाडेर कोलम्बिया फर्कने योजना बनाइरहेकी छिन्,’ जोली निकट स्रोतलाई उद्दृत गर्दै समाचारमा भनिएको छ । 

जोली कम्बोडिया फर्केर शरणार्थीहरूसँग काम गर्न इच्छुक रहेको पनि उल्लेख गरिएको छ । सन् २०१६ मा सम्बन्ध विच्छेद गरे पनि दुवैले संयुक्त रूपमा जोडेका सम्पत्तिको बाँडफाँडलाई लिएर निरन्तर आरोप प्रत्यारोप चलिरहेको छ ।