यशको ‘टोक्सिक’मा करिनाको इन्ट्री

फिल्म ‘केजीएफ र केजीएफ २’पछि साउथ सुपरस्टार यशको क्रेज ह्वात्तै बढेको छ । उनका फिल्मले अब बक्स अफिसमा आक्रामक व्यापार गर्ने देखिएको छ । 

उनै, यश फिल्म ‘केजीएफ २’पछि नयाँ फिल्म ‘टोक्सिक’मा काम गर्दैछन् । यो फिल्ममा अब नायिका करिना कपुरको इन्ट्री भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

फिल्ममा यशसँग करिनाको जोडी दर्शकले पर्दामा हेर्न पाउनेछन् । करिनाको भूमिका के हो भन्ने खुलेको छैन । 

यो फिल्मलाई गितु मोहनदासले निर्देशन गर्दैछन् । फिल्मको मोसन पोस्टर पनि सार्वजनिक भइसकेको छ । फिल्मलाई लिएर दर्शकहरुमा उत्साह सुरु भइसकेको छ । अब, दर्शकले यस र करिनाको जोडीलाई कसरी हेर्ने हुन्, त्यो भने हेर्न बाँकी छ ।