यी १० साउथ फिल्म २०२४ मा रिलिज हुँदै, जसले चमत्कार देखाउने निश्चित

दक्षिण भारतीय फिल्मले सन २०२४ मा तहल्का मच्चाउने वाला छन् । जसका कारण सबै जना साउथ इन्डियन फिल्मको पर्खाइमा छन् । 

बितेको साल २०२३ मा साउथ इन्डियन फिल्म 'सालार'ले निकै ठूलो चमत्कार देखाइरहेको छ । अब दर्शकको नजर नयाँ वर्ष अर्थात् सन् २०२४ मा केन्द्रित छ किनभने यो नयाँ वर्षमा पनि दक्षिण भारतीय फिल्मको बक्समा के के चमत्कार देखाउने छ ।

यदि तपाई पनि यस्तै दर्शकहरू मध्ये एक हुनुहुन्छ भने तपाईँको जिज्ञासा शान्त पार्ने कोसिस गर्नेछौँ । र हामी तपाईँलाई ती दक्षिण भारतीय फिल्मको नाम बताउँछौँ, जुन तपाईँले नयाँ वर्ष २०२४ मा हेर्न पाउनु हुनेछ । किनभने, पर्खाइमा रहेका यी फिल्महरू ठूला स्टारहरूले सजिएका छन्, त्यसैले यो पनि ठूलो बजेटमा बन्ने र बनेको भन्ने निश्चित नै छ।

गुंटुर करम

यो फिल्ममा महेश बाबु देखिँदै छन् । त्रिविक्रम श्रीनिवासमको काम पनि ‘गुंटुर करम’मार्फत पर्दामा देखिने छ। यो फिल्म जनवरी १२ मा रिलिज हुने अपेक्षा गरिएको छ ।

क्याप्टेन मिलर

अभिनेता धनुषका फ्यानहरु सन् २०२३ देखि नै यो फिल्मको प्रतीक्षामा छन् । यस फिल्ममा धनुष फरक लुक र स्टाइलमा देखिँदै छन् । जसलाई अरुण माथेश्वरनले यस शैलीमा उतारेका छन् । यो फिल्म पनि जनवरी १२ मा हलमा देख्न सकिनेछ ।

मलाइकोट्टै वालिबन 

यस फिल्ममा मोहनलालको दमदार अवतार देखिनेछ । फिल्मलाई लिजो जोसे पेलिसरीले निर्देशन गरेका हुन् । यो फिल्म २५ जनवरीमा पर्दामा देख्न सकिनेछ ।

देवरा

आरआरआरको अभूतपूर्व सफलतापछि साउथका सुपरस्टार जुनियर एनटीआर देवरा फिल्ममा देखिँदै छन् । यो फिल्ममा जान्हवी कपुर  पनि उनीसँग स्क्रिन सेयर गर्दै छिन् । यो फिल्म अप्रिलसम्म रिलिज हुन सक्ने जनाइएको छ ।

थंगलान

कोलार गोल्ड फिल्डमा बनेको फिल्म केजीएफका दुवै भाग हिट भएपछि अब सोही कोलार गोल्ड फिल्डमा बनेको अर्को फिल्म रिलिज हुन लागेको छ । निर्देशक पा रञ्जितको यो फिल्ममा सुपरस्टार चियान विक्रम, पार्वती र मालविका मोहनन देखिने छन् ।

पुष्पा: दि रुल 

पुष्पा: द राइज पछि अब हामी पुष्पा: द रुलको पर्खाइमा छौँ, जुन यो वर्ष समाप्त हुन सक्छ। अल्लु अर्जुनको यो बहुप्रतिक्षित फिल्म १५ अगस्ट २०२४ सम्म रिलिज हुन सक्ने जनाइएको छ ।  ‘पुष्पा’को पहिलो श्रृंखलामा अल्लु अर्जुन, रश्मिका मन्दाना र श्रीवल्लभी मुख्य भूमिकामा प्रस्तुत थिए ।

गेम चेन्जर 

मेगा पावर स्टार रामचरणको यो फिल्म पनि सेप्टेम्बरमा रिलिज हुन सक्छ । फिल्मलाई निर्देशक शंकरले निर्देशन गर्दै छन् । गेम चेन्जरमा रामचरणसँगै कियारा आडवाणी पनि देखिनेछिन् ।

कान्ताराः अध्याय १

ऋषभ शेट्टीको फिल्म ‘कान्तारा’ हिट भएपछि यसको प्रिक्वेल बनिरहेको छ, जसको नाम कन्ताराः च्याप्टर वन राखिएको छ । यो पनि सन् २०२४ मा रिलिज हुन सक्छ।

एल टिः एम्पारुन

मोहनलालको अर्को फिल्म २०२४ मा रिलिज हुँदै छ, जसको पोस्टरको निकै चर्चा भएको थियो ।

कङ्गुवा

आगामी तमिल फिल्म कंगुवाको झलक देखेर फ्यानहरु छक्क परेका छन् । ११ अप्रिल २०२४ मा रिलिज हुने यस फिल्ममा सूर्या, बबी देओल , दिशा पटानी र योगी बाबु महत्त्वपूर्ण भूमिकामा देखिनेछन्।