शाहरूखको डंकी भन्दा प्रभासको सालारको कमाइ बढी

साउथ सुपरस्टार प्रभासको फिल्म  ‘सालार पार्ट १ – सीजफायर’ रिलिजसँगै बक्स अफिसमा धूम मच्चिरहेको छ । 

सन् २०२३ को सबैभन्दा ठूलो ओपनिङ पाएको यो फिल्मले विश्वभर चर्को नाफा कमाएको छ । आफ्नो उत्कृष्ट कमाइका साथ प्रशान्त नीलको यो एक्सन फिल्मले धेरै ठूला रेकर्डसमेत तोडिरहेको छ ।

यो फिल्म डिसेम्बर २२ मा रिलिज भएको १० दिन भैसकेको छ । चलचित्रले अहिले पनि राम्रो दर्शक पाइरहेको छ । हो, पहिलो दिन ९०.७ करोडको दमदार कमाई गरेको ‘सालार’को गर्जन बक्स अफिसमा अझै कायम छ ।

प्रभासको फिल्मले दस दिनमा गरेको कमाइले सबैलाई चकित बनाएको छ । अहिले दशौं दिनको सङ्कलन पनि बाहिरिएको छ । आउनुहोस्, दोस्रो आइतबार सालारको बक्स अफिस व्यापार कस्तो रह्यो त ? जानौँ ।

सैकनिल्कको रिपोर्ट अनुसार सालारले रिलिजको १० औँ दिन अर्थात् आइतबार १०.९६ करोड रुपैयाँ कमाएको छ । यससँगै भारतीय बजारमा सालारको १० दिनको कुल कमाई ३४१.१३ करोड रुपैयाँ पुगेको छ । जबकि शाहरुखको खानको डंकीले ११ औँ दिनमा सैकनिल्कको रिपोर्ट अनुसार भारतमा मात्रै डंकीले रिलिजको ११ औँ दिन अर्थात् आइतबार ९.५ करोड भारु मात्र कलेक्सन गरेको छ । योसँगै डंकीको हालसम्म भारतमा मात्रै कुल सङ्कलन १८५.७२ करोड रहेको छ । 

यो भन्न सकिन्छ कि प्रभासको चलचित्र सालारको कमाई जुन गतिमा अगाडि बढिरहेको छ, त्यसलाई हेर्दा फिल्मले ४ सय करोडको आँकडा पार गर्न धेरै समय लाग्ने छैन ।  ‘सालार’ रिलिजसँगै प्रभासले आफ्नो नाममा नयाँ रेकर्ड बनाएका छन् ।  ‘प्रभास अब एकमात्र दक्षिण भारतीय अभिनेता बनेका छन्, जसका ५ फिल्मले हिन्दी बेल्टमा १०० करोडभन्दा बढी कमाएका छन्। सालार बाहेक यो सूचीमा बाहुबली, ‘बाहुबली २ः  द कन्क्लुजन’, ‘आदिपुरुष’, ‘साहो’ लगायतका फिल्महरु रहेका छन् ।

फिल्ममा प्रभास र श्रुति हासनको जोडीलाई दर्शकले मन पराएका छन् । यससँगै पृथ्वीराज सुकुमारन, जगपति बाबु रेड्डी, टिनु देसाई जस्ता शक्तिशाली कलाकारहरू पनि सालारमा सामेल छन्।