एकै बर्षमा साहरुखको फिल्मको कमाई २५ सय करोड माथि

बलिउड नायक साहरूख खानले यो बर्ष नयाँ नयाँ रेकर्ड कायम गरे । यो बर्ष उनका दुई फिल्मले एक हजार माथिको ग्रस कलेक्शन गरे ।

फिल्म ‘पठान’ ५ सय करोड कमाउने पहिलो बलिउड फिल्म बन्यो । यस्तै, फिल्म ‘जवान’ले भारतमा ६ सय करोड माथिको कलेक्शन गर्दै नयाँ इतिहास रच्यो । 

उनै, साहरूखको नयाँ फिल्म ‘डंकी’ हलमा लागिरहेको छ । ८५ करोडको बजेटमा बनेको यो फिल्म पनि सुपरहिट हुने बाटोमा छ । विश्व बजारबाट यो फिल्मले ३ सय करोड माथिको कमाई गरिसकेको छ ।

योसँगै साहरूखले यो बर्ष अर्को नयाँ रेकर्ड पनि राखेका छन् । एक बर्षमै दुई वटा हजार करोड ग्रस कलेक्शन गर्ने फिल्म दिएर उनले रेकर्ड बनाइसकेका छन् । अब, एकै बर्ष २५ सय करोड माथिको व्यापार गर्ने फिल्मका नायक पनि उनी बनेका छन् । 

उनका तीन फिल्म ‘पठान, जवान र डंकी’ले विश्व बजारबाट २५ सय करोड माथिको कलेक्शन गरेका छन् । ‘पठान’ले १ हजार ५० करोड, ‘जवान’ले ११ सय ५० करोड र डंकीले ३ सय करोड’को कलेक्शन गरेका छन् । 

साहरूखले बनाएको यो रेकर्ड अब कुन स्टारले कहिले तोड्छन् भन्न सकिने अवस्था छैन । तर, सन् २०२३ बलिउडका लागि भने सबैभन्दा सुखद सालको रुपमा रहन पुग्यो ।