दिपिका पादुकोण माथि निर्माताको २ हजार करोडको बाजी

सन् २०२३ मा बलिउडका धेरै सुन्दरीहरूले बक्स अफिसमा धेरै सफल फिल्म दिएका छन् । यसमा कट्रिना कैफदेखि आलिया भट्टसम्मको नाम समावेश छ।

यी सबैको बीचमा निर्माताले एक अभिनेत्री माथि हजारौं करोड रूपैयाँ जुवा खेलेका छन् । उनी न कट्रिना कैफ हुन् न आलिया भट्ट । उनको नाम हो, दीपिका पादुकोण ।

सन् २०२३ मा दीपिका पादुकोणले फिल्म ‘पठान’ मा काम गरेकी थिइन् । शाहरुख खानसँगको उनीहरूको केमेस्ट्री सिल्बर स्क्रिनमा लोभलाग्दो रहेको थियो । रिलिज पछि ‘पठान’ बक्स अफिसमा अल टाइम ब्लकबस्टर साबित भयो।

दीपिका पादुकोण र शाहरुख खान अभिनीत फिल्म  ‘पठान’ ले भारतमा ५०० करोडको आँकडा पार गरेको थियो । योसँगै फिल्मको विश्वव्यापी कमाई १०५० करोड रूपैयाँ थियो ।

‘पठान’ को सफलतापछि दीपिका पादुकोण बैंकेबल स्टारको सूचीमा परेकी छिन् र निर्माताहरूले उनीमाथि २ हजार करोडको बाजी लगाएका छन् । दीपिका पादुकोण अर्को वर्ष अब फिल्म ‘फाइटर’ मा देखिने छिन् । यसमा उनको जोडी पहिलो पटक ऋतिक रोशनसँग देखिनेछ । सिद्धार्थ आनन्दले निर्देशन गरेको यो फिल्मको बजेट २५० करोड भारू रहेको भनिएको छ ।

यसपछि दीपिका पादुकोण साउथको फिल्म  ‘कल्की २८९८ एडी’ मा देखिने छिन् । यसमा प्रभास मुख्य भूमिकामा छन् । यो महँगो फिल्म हो, जसको लागत करिब ६०० करोड भारू रहेको बताइएको छ ।

दीपिका पादुकोण पनि चर्चित फ्रेन्चाइज  ‘सिंघम’ को एक हिस्सा भएकी छिन ।  उनी ‘सिंघम अगेन’ मा अजय देवगनसँग स्क्रिन सेयर गर्दै गरेको देखिने छिन् । यो फिल्म २०० करोडको बजेटमा बन्न लागेको बताइएको छ ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने दीपिका पादुकोण पनि ‘ब्रह्मास्त्र २’ को एक हिस्सा हुन्, जसमा निर्माताले ४०० करोड रूपैयाँ लगानी गरेका छन् । दीपिका पादुकोणले यसको पहिलो भागमा केमियो मात्र गरेकी थिइन् ।

यसपछि दीपिका पादुकोण  ‘टाइगर भर्सेस पठान’ र  ‘पठान २’ मा पनि चम्किने खबर आएको छ । दुवै चलचित्र २५० करोडभन्दा बढीको बजेटमा बन्ने जनाइएको छ । यसरी हेर्दा दीपिकाका सबै फिल्मको बजेट करिब २००० करोड भारू रहेको छ ।