डंकीले कमायो ६ दिनमा २८३ करोड रुपैयाँ

राजकुमार हिरानीको निर्देशन र शाहरुख खान अभिनीत फिल्म ‘डंकी’ बक्स अफिसमा हिट भइरहेको छ ।

‘डंकी’ शाहरुख खानको यस वर्षको तेस्रो फिल्म हो र अन्य दुई फिल्म जस्तै यो पनि राम्रो प्रदर्शन गरिरहेको छ । 

तर, फिल्मको कलेक्शन जवान र पठानको जस्तो भने छैन । यो सँगै ‘सालार’को इन्ट्रीले ‘डंकी’ को खेल पनि बिगारेको छ । यसपछि पनि ‘डंकी’ ले विश्वभर राम्रो कलेक्सन गरेको छ ।

‘डंकी’  गत २१ डिसेम्बरमा हलमा रिलिज भएको थियो । चलचित्र रिलिज भएको ७ दिन भइसकेको छ भने अहिले ६ दिनको विश्वव्यापी कलेक्शन बाहिर आएको छ । फिल्मको प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्टले पोस्ट गरेको छ कि ‘डंकी’ले विश्वभर २८३.१३ करोड कमाई सकेको छ ।

‘डंकी’ ले पहिलो दिन विश्वभर ५८ करोडको व्यापार गरेको थियो । फिल्मले दोस्रो दिन पुग्दा १०३.४ करोड, तेस्रो दिनसम्ममा १५७.२२ करोड र चौथो दिनसम्ममा २११.१३ करोड कमाएको थियो। पाँचौँ दिनको कमाई सहित विश्वव्यापी कलेक्सनले २५६.४० करोड कमाएको थियो भने अब छैटौँ दिनको  ‘डंकी’ को कलेक्सन २८३.१३ करोड पुगेको छ ।

‘डंकी’ मा शाहरुख खान र तापसी पन्नुको अनस्क्रिन जोडीलाई फ्यानले मन पराइरहेका छन् । फिल्मले विश्वभर मात्रै नभइ घरेलु बक्स अफिसमा पनि राम्रो व्यापार गरिरहेको छ । तर, फिल्मको कन्सेप्टले दर्शकको मन जितिरहेको छ ।

फिल्मको कथाको कुरा गर्दा विदेश जाने सपना बोकेर राहदानी र भिसा नहुँदा चोर ढोकाबाट विदेश पलायन हुने चार जना साथीको कथा यसमा छ । फिल्ममा उनले भोगेका चुनौतीहरूलाई देखाइएको छ ।