आशिकी-३ मा कार्तिक आर्यनको जोडी तृप्ति डिमरी

अभिनेत्री तृप्ति डिमरी यति बेला आफ्नो फिल्म ‘एनिमल’ को सफलताको मजा लिइरहेकी छिन् । 

तृप्तिले हालै सन्दीप रेड्डी वाङ्गाको फिल्म ‘एनिमल’ मा रणवीर कपूरसँग रोमान्स गरेकी थिइन, जसलाई धेरैले मनपराएका थिए । फिल्ममा दुवैको इन्टिमेट दृश्यको निकै चर्चा भएको थियो । सो फिल्मबाट तृप्ति घर घरमा चर्चामा आएकी छिन् । 

अहिले नायिका र उनका फ्यानका लागि एउटा राम्रो खबर बाहिर आएको छ । रिपोर्टका अनुसार तृप्ति चाँडै अभिनेता कार्तिक आर्यनसँग रोमान्समा देखिने भएकी छिन् ।

वास्तवमा कार्तिक आर्यनले चाँडै नै आफ्नो बहुप्रतिक्षित फिल्म ‘आशिकी ३’ को सुटिङ सुरु गर्दै छन् । अब यो फिल्ममा नायिकासँगै तृप्ति डिमरी मुख्य भूमिकामा देखिने खबर बाहिर आएको छ । स्रोतका अनुसार अहिले यो जोडी फिल्मका लागि पक्का भएको छ । यो खबर सुनेपछि कार्तिक मात्र नभई तृप्तिका फ्यानहरु पनि खुसीले उफ्रिरहेका छन् र फिल्मको रिलिजको उत्सुकताका साथ पर्खिरहेका छन् ।

पिंकभिलाको रिपोर्ट अनुसार कार्तिक आर्यन अब तारा सुतारियासँग नभई  ‘आशिकी ३’ मा तृप्तिसँग देखिने छिन् । निकट स्रोतले पनि यो खबरको पुष्टि गरेको छ । यो आशिकी फ्रेन्चाइजीको तेस्रो फिल्म हो । जहाँ राहुल रोय र अनु अग्रवाल  ‘आशिकी’ मा देखिएका थिए । यसपछि ‘आशिकी २’ मा आदित्य रोय कपुर र श्रद्धा कपुरले आफ्नो सिजलिङ केमेस्ट्रीले फ्यानलाई पागल बनाएका थिए ।

अनुराग बसुद्वारा निर्देशित ‘आशिकी ३’ को सुटिङ सन् २०२४ मा सुरु हुनेछ ।