प्रभाससँग काम गर्न गाह्रो छः को-स्टार पृथ्वीराज सुकुमारन

 ‘राधे श्याम’, ‘साहो’ र ‘आदिपुरुष’ जस्ता ठूला बजेटका फिल्म फ्लप भए पनि साउथ सुपरस्टार प्रभासले ‘सालार’बाट बलियो कमब्याक गरेका छन् ।

गत २२ डिसेम्बरमा रिलिज भएको यो फिल्मले बक्स अफिसमा १४९ करोड कमाएर सबै रेकर्ड तोडेको छ । ‘सलार’ मा प्रभास फेरि ‘एंग्री यो‌ग हिरो’ को रुपमा देखिएका छन् ।

तर, प्रभासलाई ठूलो पर्दामा ‘एंग्री यंगम्यानको भूमिकामा देख्न पाइन्छ । तर, प्रभास वास्तविक जीवनमा कस्ता छन त ? के फिल्ममा देखिए जस्तै वास्तविक जीवनमा पनि रिसाउँछन् ? अब उनका सालार को–स्टार पृथ्वीराज सुकुमारनले साउथ सुपरस्टार प्रभासका स्वभावको बारेमा ठूलो खुलासा गरेका छन् ।

प्रभासको व्यवहारको बारेमा कुरा गर्दै पृथ्वीराज सुकुमारनले भने कि एक पटक प्रभासले केही गरे, जसका कारण उनले छुट्टै कोठा लिनु परेको थियो। यो थाहा पाएर तपाईलाई प्रभासको स्वभावसँग रिसाएको कारण पृथ्वीराजले छुट्टै कोठा लिनुपर्‍यो जस्तो लाग्न सक्छ । तर यो त्यस्तो होइन। पृथ्वीराजले प्रभासको बारेमा के खुलासा गरे भन्ने थाहा पाएपछि साउथ सुपरस्टारको तारिफ गर्दा थाक्नु हुनेछैन । तपाईं एक पटक फेरि अभिनेताको प्रशंसक बन्नु हुनेछ।

पृथ्वीराज सुकुमारनले प्रभाससँग काम गर्न अलि गाह्रो भएको बताए । तेलुगु फ्याब नामक ट्वीटर ह्यान्डलमा एक पोस्ट सेयर गरिएको छ, जसमा यो सम्पूर्ण कथा खुलासा गरिएको छ। यस पोष्टमा पृथ्वीराज सुकुमारनले प्रभाससँग काम गर्दा के समस्या भएको बताइरहेका छन् । उनले प्रभाससँग काम गर्दा एउटा समस्या भनेको उनी धेरै दयालु र बच्चाहरूलाई धेरै माया गर्ने बताए।