मलाइकासँग डिभोर्सपछि सौरा खानसँग अरबाजले गरे बिहे

बलिउड निर्माता, निर्देशक तथा कलाकार अरबाज खान बैबाहिक जीवनमा बाँधिएका छन् । उनले, आइतबार मेकअप आर्टिस्ट सौरा खानसँग बिहे गरेका हुन् । 

उनीहरू केही बर्षदेखि प्रेम सम्बन्धमा थिए । सौरालाई अरबाजले आफ्नो पछिल्लो फिल्म ‘पटना शुक्ला’का क्रममा भेटेका थिए । यसपछि, उनीहरू नजिक भएको भारतीय मिडियाले बताएका छन् । 

सौरा बलिउडमा मेकअप आर्टिस्टको रुपमा उदाउँदै छिन् । उनले, रविना टण्डन लगायतका सेलिब्रिटीको मेकअप आर्टिस्टको रुपमा काम गरिसकेकी छिन् । 

सौरा र अरबाजको बिहे समारोहमा नायक सलमान खान पनि उपस्थित थिए । आफ्नो भाइको बिहेमा सलमानले आफ्ना हिट गीतमा नृत्य गरेका थिए ।

साथमा, साजिद खान, रितेश देशमुख, जेनेलिया डिसुजा लगायतका सेलिब्रिटी पनि समारोहमा पुगेका थिए । मलाइका र अरबाजले ६ बर्ष अगाडि आफूहरूको बैबाहिक सम्बन्धलाई अलग गर्ने निर्णय लिएका थिए ।