दीपिका र रणवीरको अन्तरवार्ता किन ट्रोलको शिकार बन्यो ?

बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरको चर्चित टक शो ‘कफी विथ करण’को नयाँ सिजनको पहिलो अतिथी बने, नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह । यो जोडीको अन्तरवार्ता सामाजिक संजालमा भाइरल मात्र बनेको छैन, ट्रोलको शिकार पनि बनेको छ । 

विशेषगरि, दीपिकाले प्रेम सम्बन्धको बिषयमा दिएको बयानले यति बेला सामाजिक संजालमा हंगामा नै मच्चाएको छ । साथमा, कतिपयले अब यी दुइको सम्बन्धमा दरार आउने आँकलन समेत गरेका छन् । 

विशेषगरि, दीपिकाले रणवीरसँग प्रेममा रहँदा सुरुवातमा आफू गम्भिर नभएको बताएकी छिन् । उक्त समयमा आफू अन्य ३ जना व्यक्तिसँग समेत सम्बन्धमा रहेको तर गम्भिर बने रणवीरसँग नै रहेको बताइन् । दीपिकाको यो खुलासापछि यतिबेला सामाजिक संजालमा ट्रोलको त बाढी नै आएको छ । 

अधिकांशले दीपिकाको यो बयानले रणवीरको मनमा के चलेको होला भनेर समेत प्रश्न गरेका छन् । यस्तै, कतिपयले डिभोर्स गर्नका लागि करणको शोजमा जानुपर्ने तर्क समेत गरेका छन् । 

यस्तै, सामाजिक संजाल प्रयोगकर्ताहरुले दीपिकाले हरेक कुरा खुलाउन हुदैनथ्यो भनेर सुझाव समेत दिएका छन् ।