आमिरले घोषणा गरे ‘सितारे जमीन पर’


फिल्म ‘लाल सिंह चड्डा’ असफल भएपछि मौन रहेका नायक आमिर खानले नयाँ फिल्मको घोषणा गरेका छन् । आमिरले काम गर्ने नयाँ फिल्मको नाम ‘सितारे जमीन पर’ राखिएको छ । 

यो फिल्मले मानिसहरुलई अभावमा पनि बाँच्न सिकाउँछ । हालै मात्र दिल्लीमा आयोजना भएको एक कार्यक्रममा आमिरले फिल्ममा काम गर्न लागेको जानकारी दिएका छन् ।

यो फिल्म उनको सन् २००७ मा रिलिज भएको ‘तारे जमीन पर’को सिक्वेल हुने आमिरको भनाई छ । यो फिल्ममा आमिरले ९ जना बच्चालाई मद्दत गरेको देखाइनेछ । यो फिल्मले बच्चाहरुलाई अभावमा पनि कसरी अगाडि बढ्न सकिन्छ भनेर सिकाउनेछ । 

आमिरले ‘तारे जमीन पर’ले दर्शकलाई भावुक बनाएको भन्दै ‘सितारे जमीन पर’ले हसाँउने प्रतिक्रिया दिएका छन् । आमिरकै निर्माणमा अर्को फिल्म ‘लाहोरः १९४७’ निर्माण हुँदैछ । यो फिल्ममा सनी देवल मुख्य भुमिकामा देखिदैछन् ।