सयदेखि ६ सय करोडसम्म बलिउड


नायक साहरुख खान अभिनित फिल्म ‘जवान’ले भारतीय बक्स अफिसमा ६ सय करोड माथिको व्यापार गरिसकेको छ । यो फिल्मले रिलिजको चौथो हप्ताको आइतबारसम्म भारतीय बक्स अफिसमा ६ सय ७ करोड नेट कलेक्शन गरेको छ । यो कुनै बलिउड फिल्मले कमाएको सबैभन्दा ठूलो आँकडा हो । 

फिल्मले हिन्दी भाषामा साढे ५ सय करोड बढी कमाएको छ भने अन्य भाषामा ६० करोडको व्यापार गरेको छ । यसरीहेर्दा, बलिउड फिल्म अब नयाँ उचाइमा पुगेको प्रष्ट हुन्छ । बलिउड फिल्मले यो बर्ष मात्र ४ सय, ५ सय र ६ सय करोड स्थापना गर्यो । यी सबै क्लबहरु नयक साहरुख खानले स्थापना गरेका हुन् । 

बलिउडमा फिल्म ‘गजनी’बाट सय करोडको स्थापना भएको हो । तर, आजको दिनमा सय करोड निकै नै सहज आँकडा भैसकेको छ । नायक आमिर खानले बलिउडमा सय करोड क्लबको स्थापना गरे । २ सय करोड क्लबको स्थापना पनि उनी अभिनित फिल्म ‘थ्री इडियट्स’ले गरेको थियो । ३ सय करोड क्लबको स्थापना आमिरकै फिल्म ‘दंगल’ले गरेको थियो । 

यसपछि, ४ सय र ५ सय करोडको स्थापना साहरुख खान अभिनित फिल्म ‘पठान’ले गर्यो । अब, ६ सय करोडको स्थापना साहरुखकै फिल्म ‘जवान’ले गरेको छ । सयदेखि ६ सयसम्म आइपुग्दा साहरुख खान र आमिर खानको नाम मात्र समावेश छ । के अब, बलिउडले ७ सय करोडको स्थापना अन्य कुनै नायकबाट गर्ला ?