क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने


यस बर्षको क्रिसमस अर्थात डिसेम्बर २२ भारतीय बक्स अफिसका लागि बम्पर हुने देखिएको छ । डिसेम्बर २२ बाट राजकुमार हिरानीको निर्देशनमा तयार भएको फिल्म ‘डंकी’ रिलिज हुँदैछ । यो फिल्ममा साहरुख खान, तापसी पन्नु लगायतका कलाकारको अभिनय छ । बक्स अफिसमा यो फिल्मले आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।

राजकुमार हिरानी र साहरुख खानले पहिलो पटक एकसाथ काम गरेकाले पनि दर्शकलाई यी दुइको केमेष्ट्री पर्दामा हेर्नका लागि उत्सुकता जागिरहेको छ । तर, अब क्रिसमसमा साहरुखले सोलो रिलिजको अवसर भने नपाउने भएका छन् । 

यही मितिमा साउथका सुपरस्टार प्रभाषको मुख्य भूमिका रहेको फिल्म ‘सलार’ पनि रिलिज हुने भएको छ । फिल्मका वितरकले प्रदर्शकहरुलाई इमेल गर्दै क्रिसमसमा फिल्म रिलिज हुन लागेको जानकारी दिएका छन् ।

योसँगै भारतीय मिडिया, दर्शक र सोसल मिडियामा यो बिषयले हंगामा मच्चाइरहेको छ । अधिकांश ट्रेडहरुले बक्स अफिसमा बलिउड र साउथका दुई सुपरस्टारहरु भिड्दा व्यापारमा दुबै फिल्मलाई गाह्रो पर्ने बताइरहेका छन् । प्रदर्शकहरु पनि यो कुरामा खुशी देखिएका छैनन् ।