‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

बलिउड अभिनेता अनिल कपूरले कैयौं पटक ‘झकास’ बोलेको सुन्नु भएकै होला । तर अब भने तपाईंले ‘झकास’ बोल्नु पर्यो भने अनिलको अनुमति लिनुपर्ने हुन्छ । बुधबार मुम्बई हाई कोर्टले ‘झकास’सँगै अनिल कपूरको उपनाम ‘मिष्टर इण्डिया’, ‘एके’ र ‘मजनू भाई’को प्रयोगमा पनि रोक लगाएको छ ।

अनिलले हालैमात्र आफ्नो व्यक्तिगत अधिकारको सुरक्षाका लागि दिल्ली हाईकोर्टमा निवेदन दिएका थिए । निवेदनमा अभिनेताले अलग अलग संस्थाहरुले उनीसँग अनुमति नलिई अनिलको नाम, स्वर, तस्वीर र उपनामको प्रयोग गरेकोले त्यसलाई रोक लगाउन माग गरेका थिए ।

यहीकारण दिल्ली हाईकोर्टले अभिनेताको व्यक्तिगत अधिकारको सुरक्षा गर्दै उनको सहमति बिना उनको नाम, तस्वीर या स्वरको प्रयोमा रोक लगाएको हो ।

कोर्टले अभिनेतासँग जोडिएका अश्लिल भिडियो अपलोड गरिएका सबै लिंकलाई ब्लक गर्न चाँडै आदेश दिने तयारी गर्दैछ ।

न्यायाधिस प्रतिभा एम सिंहले कुनै व्यक्तिको नाम, स्वर, तस्वीर या कुनै संवादलाई अवैध तरिकाले प्रयोग गर्न अनुमति दिन नसकिने बताइन् । ‘कुनै सेलिब्रेटीलाई प्रवद्र्धन गर्दा कैयौं मानिसको जीविका चलेको छ । यसलाई अवैध रुपले प्रयोग गर्ने अनुमति दिएर खराब बनाउन सकिँदैन’, उनले भनेकी छन् ।

सन् २०२२ मा यस्तै किसिमको एक मामलामा हाई कोर्टले अभिनेता अमिताभ बच्चनको पक्षमा फैसला गरेको थियो ।