‘एक भगवत् र एक गीता’को कुनै कार्यक्रममा देखा परेनन् धिरज


केही दिन अगाडि एक रेष्टुरेन्टमा आयोजित मिडिया भेटघाट कार्यक्रममा वाध्यताले उपस्थित भएका नायक धिरज मगर भदौको २९ गतेबाट रिलिज हुन लागेको ‘एक भागवत् र एक गीता’को कुनै पनि सार्वजनिक कार्यक्रममा देखा परेनन् । निर्माणपक्षले फिल्मको ट्रेलर र गीत रिलिज कार्यक्रम आयोजना गर्यो, तर कार्यक्रममा धिरज उपस्थित भएनन् । अझ, भनौ धिरजले यो फिल्मको प्रचारबाट आफूलाई टाढा नै राखेको देखिएको छ । 

यो फिल्मको नामको बिषयमा पनि चर्को विरोध भयो । तर, फिल्मको मुख्य नायक भएपनि धिरजले कही कतै पनि यो बिषयमा बोलेनन् । 

फिल्मको प्रचारमा धिरजको असन्तुष्टी किन ? यो खुलेको छैन । फिल्मको ट्रेलर र आज आयोजना भएको गीत रिलिज कार्यक्रममा सिंगो टिम नै उपस्थित हुँदा धिरज गायब नै भए । 

यो फिल्मको मुख्य नायकको रुपमा रहेका धिरजका लागि यसको व्यापार महत्वपूर्ण छ । निरन्तर फिल्म असफल भएर हैरान भएका धिरजका लागि यो फिल्म चलेमा ठूलो राहत हुनेछ । तर, प्रचारबाट टाढा देखिएका यी नायकले भोली फिल्म चलेको खण्डमा त्यसको क्रेडिट लिन्छन् या लिदैनन, त्यो भोली नै थाहा हुनेछ ।

फिल्ममा नायक विपिन कार्कीलाई बढी स्थान दिइएपछि धिरज यो फिल्मको टिमसँग असन्तुष्ट रहेको वुझिएको छ । सायद, यही कारणले फिल्मको प्रचारमा धिरजको मन बसेको छैन ।