करिश्माले किन भनिन्–‘जय बालेन ?’

नायिका करिश्मा मानन्धर अभिनीत फिल्म ‘बगान’ शुक्रबारदेखि हलमा रिलिज भइरहेको छ । फिल्मको सुरुवाती व्यापार सुखद छैन । तर, पनि यो फिल्मको निर्माणपक्षले फिल्मको प्रचार गर्न छाडेको छैन । फिल्मको विभिन्न शोजहरु आयोजना भइरहेका छन् ।
यसैबिच, यो फिल्मको प्रचारका क्रममा काठमाडौं महानगरका भित्ताहरुमा पोस्टर टाँसेको भन्दै निर्मातालाई महानगरपालिकाले ५० हजार जरिवाना तिराएको थियो । मंगलबार केही आक्रोशित देखिएको फिल्मको टिम बुधबार भने खुशी देखिएको छ ।
फिल्मकी नायिका करिश्मा मानन्धरले ५० हजार रूपैयाँ जरिवाना तिराएर फिल्मको लाखौँको प्रचार गरिदिएको भन्दै महानगरका मेयर बालेन शाहलाई धन्यवाद दिएकी छिन् ।
उनले लेखेकी छिन्–‘महानगरले हामीलाई ५० हजारको जरिवाना तिराएर ५ लाखको विज्ञापन गरिदियो । कसले भन्छ बालेन जी नेपाली फिल्मलाई माया गर्नुहुन्न भनेर ? जय बालेन ।’
यो फिल्ममा करिश्माले एकल महिलाको भूमिका निर्वाह गरेकी छिन् । एकल महिलाले बिबाह गर्नुपर्छ भन्ने कथामा यो फिल्म तयार भएको छ ।

‘सोल्टिनी’को छायांकन ३६ दिनमा प्याकअप

दिव्यासँग प्रदिपः के बल्ल जोडी सुहाएको हो ?

‘परालको आगो’मा जितु नेपालको इन्ट्री

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

‘जुना’को टिजरमा छोरीको व्यथाको कथा

प्रतिक्रिया