धिरज र अरुणको एउटै पीडा, पहिलो फिल्म हिट त्यसपछि फ्लप नै फ्लप


नायक धिरज मगर र अर्का नायक अरुण क्षेत्रीले फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’मा पर्दा शेयर गरे । यो फिल्ममा एकसाथ काम गरेपनि अरुण आफ्नो दृश्य धेरै काटिएको भन्दै असन्तुष्टी देखिए । उनको असन्तुष्टी निर्देशक रेनशा राई राणासँग थियो । 

तर, फिल्मको निर्माण टिमसँग असन्तुष्ट अरुण र नायक धिरज मगरबिचको सम्बन्धमा भने कुनै पनि चिसोपना आएको छैन । आइतबार आयोजित एक अवार्ड समारोहमा यी दुई एकसाथ देखिए । 

अरुणको पहिलो रिलिज फिल्म ‘महापुरुष’ले बक्स अफिसमा बम्पर व्यापार गर्यो । यो फिल्म सुपरहिट भएपछि अरुण फिल्म क्षेत्रमा उदाउने विश्वास गरिएको थियो । तर, अरुणले सोचे जस्तो भएन । उनले अभिनय गरेको दोश्रो फिल्म ‘प्रेमा’ बक्स अफिसमा नराम्रोसँग असफल भयो । तेश्रो फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले पनि उनलाई उठाउन सकेन । 

अरुणको जस्तै पीडा धिरजको पनि छ । धिरजले अभिनय गरेको पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले उनलाई हिट नायकको उपाधि दियो । तर, यसपछि उनले अभिनय गरेको दोश्रो र तेश्रो फिल्म असफल भयो । ‘बाबरी र ज्याकीः आई एम ट्वान्टी वान’ बक्स अफिसमा चिप्लिएपछि धिरज पनि निराश छन् । अब उनलाई चौथो फिल्म ‘भगवत् गीता’को नै भर छ । 

धिरजसँग चौथो फिल्म छ भने अरुणसँग त्यो पनि अहिलेसम्म हाता लागेको छैन ।