प्रियंका, धिरज, अरुण र श्रद्धाले उचाले भारतको ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’

आइतबार बेलुकी भारतीय राष्ट्रिय गानसँगै सुरु भएको ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा नेपाली फिल्मका केही कलाकारहरूले समेत अवार्ड प्राप्त गरेका छन् । भारतका चर्चित कलाकार रञ्जित रेको हातबाट नायिका प्रियंका कार्की, श्रद्धा क्षेत्री, नायक धिरज मगर, अरुण क्षेत्रीले विभिन्न शीर्षकमा यो अवार्ड उचालेका थिए ।
कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटालाई बलिउड नायिका भाग्य श्रीले सम्मान पत्रबाट सम्मानित गरेकी थिइन् ।
अवार्ड समारोहमा बलिउडका कलाकारहरू विन्दु दारा सिंह पनि उपस्थित थिए । कार्यक्रममा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, व्यापारी विनोद चौधरी लगायत पनि पुगेका थिए ।
अवार्ड प्राप्त गर्दा निकै खुशी लागेको नेपाली कलाकारहरूले बताएका छन् । डेब्यू नायिकाको अवार्ड प्राप्त गर्दा आफू निकै खुशी भएको नायिका श्रद्धा क्षेत्रीले बताइन् ।
कार्यक्रममा बोल्दै कलाकार रञ्जित रेले नेपाल जस्तो सुन्दर देशमा आउन पाउँदा उत्साहित भएको सुनाए ।
पाँचौ सँस्करण भारतमा आयोजना गरेको आयोजकले छैटौँ सँस्करण भने नेपालका र्‍याडिसन होटलमा आयोजना गरेको हो ।

फिल्म छनोटमा गम्भिर बनेको छुः अनमोल केसी

‘पशुपति प्रसाद २: भष्मे डन’को ‘प्रेम शरणम्’ गीत सार्वजनिक, स्वस्तिमाको प्रेममा भ…

मेरो फिल्मकर्मी गौतम प्रेस काउन्सिल विधागत पत्रकारिताबाट पुरस्कृत

मोफसलका दर्शक फकाउँदै 'परदेशी २'

उच्च अदालत पाटनले चलचित्र विकास बोर्डसँग माग्यो उत्कृष्ट फिल्म घोषणा नगर्नुको का…

निर्माताका रुपमा मायावीमा जोडिए निर्देशक चन्द्र पन्त

उषा रजकको आरोप–‘अनुप बरालको एक्टर्स स्टूडियो ‘दुषित ठाउँ’

प्रतिक्रिया