सुन्दर देश नेपाल आउन पाउँदा खुशी लागेको छः भाग्यश्री


बलिउड नायिका भाग्यश्री नेपाल आएकी छिन् । आज दिउँसो उनी त्रिभुवन विमानस्थलमा आइपुगेकी हुन् । 

भोली आयोजना हुन लागेको एक अवार्ड समारोहमा सहभागी हुन उनी नेपाल आएकी हुन् । यो अवार्डमा मुख्य अतिथीको रुपमा सहभागी हुन भाग्यश्री नेपाल आएकी हुन् । अवार्ड समारोहमा सहभागी हुन भारतीय कलाकारहरु भाग्यश्री, रञ्जिन, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवार लगायत नेपाल आएका छन् । 

भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा सहभागी हुन भाग्यश्री नेपाल आएकी हुने । यो अवार्डको छैटौं संस्करण हो । यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह यसपटक भने नेपालमा आयोजना हुँदैछ । 

नेपाल आएकी बलिउड चर्चित नायिका भाग्यश्रीले यसपटक आफू लामो समय बस्न नपाउने बताइन् । तर, सुन्दर देश नेपालमा चाडपर्वको समयमा फेरि परिवारसहित आउने उनको भनाई थियो । उनले, भोली र्याडिसन होटलमा भेट्न आफ्ना फ्यानहरुलाई आग्रह समेत गरेकी छिन् ।