५१ औं दिनमा 'जारी', अकुपेन्सी ३५ प्रतिशत

गत वैशाख १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘जारी’ले ५१ औं दिनको यात्रा तय गरेको छ । नयाँवर्षकै दिन प्रदर्शनमा आएको फिल्मले दर्शकलाई नयाँ स्वाद पनि दिएको छ । लिम्बु संस्कृतिमा आधारित जारी प्रथालाई विषयवस्तु बनाइएको फिल्मले राम्रो ‘माउथ पब्लिसिटी’ पाएपछि ५१ औं दिनको यात्रा तय गर्न सफल भएको हो ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मले बाल दर्शकदेखि वृद्धवृद्धासम्मका दर्शकलाई डोहो¥याएको थियो । बिहीबारसम्म पनि फिल्मप्रति दर्शकको क्रेज उस्तै छ । यो क्रेज स्वदेशमा मात्र होइन, विदेशमा पनि जारी नै छ ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर वरपर घुम्ने कथाले दर्शकलाई मौलिक स्वाद चखाउन सफल भएको छ । फिल्ममा विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, अनिल सुब्बा, रोय दिपलगायतका कलाकारको समेत अभिनय रहेको फिल्मले दर्शकबाट राम्रो तारिफ पनि पाइरहेको छ । फिल्मका निर्माता रामबाबु गुरुङ हुन् ।
बक्सअफिस रिपोर्ट अनुसार फिल्मले बुधबारसम्म १४ करोड २० लाख २२ हजारमाथि ग्रस कलेक्सन गरेको छ । यो अवधिमा फिल्मले ५ हजार ६ सय ५ शो पाउँदा ती शोमा १४ लाख २८ हजार १ सय ५९ दर्शकले फिल्म हेरेका छन् ।
दर्शक संख्यालाई आधार मान्दा ५ लाख ६ हजार ७ सय ६२ टिकट बिक्री भएका छन् । हालको अकुपेन्सी ३५ प्रतिशत देखिएको छ । यो तथ्यांक बक्सअफिस लागु भएका थिएटरलाई आधार मानी लिइएको हो । निर्माताले भने बक्सअफिस लागु भएका र लागु नभएका हलबाट १७ करोड बढी ग्रस कलेक्सन गरेको दाबी गरेका छन् ।

फिल्म छनोटमा गम्भिर बनेको छुः अनमोल केसी

‘पशुपति प्रसाद २: भष्मे डन’को ‘प्रेम शरणम्’ गीत सार्वजनिक, स्वस्तिमाको प्रेममा भ…

मेरो फिल्मकर्मी गौतम प्रेस काउन्सिल विधागत पत्रकारिताबाट पुरस्कृत

मोफसलका दर्शक फकाउँदै 'परदेशी २'

उच्च अदालत पाटनले चलचित्र विकास बोर्डसँग माग्यो उत्कृष्ट फिल्म घोषणा नगर्नुको का…

निर्माताका रुपमा मायावीमा जोडिए निर्देशक चन्द्र पन्त

उषा रजकको आरोप–‘अनुप बरालको एक्टर्स स्टूडियो ‘दुषित ठाउँ’

प्रतिक्रिया