जम्दै पल र सनिषाको जोडी


नायक पल शाहले जेलबाट बाहिर निस्किएपछि अभिनय गरेको पहिलो भिडियो ‘तिमीलाई हेर्ने बानी पर्यो’ सार्वजनिक भैसकेको छ । यो गीतको भिडियोले युट्युबमा राम्रै भ्यूज पाइरहेको छ ।

भिडियोमा पल शाहले नायिका मलिका महत्तसँग काम गर्ने चर्चा पनि चलेको थियो । तर, पलले भिडियोमा मोडल सनिषा भट्टराइसँग काम गरे । 

पल र सनिषाको जोडीले अब अर्को भिडियोमा पनि काम गरेको छ । केन्द्रमोशन पिक्चर्सले निर्माण गरेको ‘आँशु बनि नखस कैले नी’मा पनि पल र सनिषाको जोडीले नै अभिनय गरेको छ ।

नायक पल शाह र नायिका मलिका महत्तलाई भिडियोमा लिएर केन्द्र मोशन पिक्चर्सले केही भिडियो बनाएको थियो । ‘फुलबुट्टे सारी, टाढा भए पनि, आँखैमा आउने सपनी’ लगायतका गीतका भिडियोमा पल र मलिकाको जोडीले काम गरेको थियो । यी सबै भिडियो र गीतले युट्युबमा करोड बढी भ्यूज पाएका छन् । 

पल र मलिकाको जोडीलाई नै लिएर केन्द्र मोशन पिक्चर्सले फिल्म बनाउने समाचार पनि बाहिरिएको थियो । तर, पल जेल गएपछि यी सबै कुराहरु रोकिएका थिए । 

पल जेलबाट बाहिरिएपछि पनि मलिका र पल शाहको जोडीले काम गर्ने अपेक्षा गरिएको थियो । तर, पलले सनिषासँग निरन्तर काम गरिरहेका छन् । उता, मलिका भने फिल्म ‘सतिदेवी’को छायांकनमा व्यस्त छिन् ।