स्विम सुट राउण्डमा 'मिस एण्ड मिस्टर नेपाल २०२३' का प्रतियोगी

'मिस एण्ड मिस्टर नेपाल २०२३' का प्रतियोगीहरु स्विम सुटमा देखिएका छन् । बुधबार हुने फाइनल अगाडि उनीहरूले टप मोडल राउण्ड, स्विमर राउण्ड अन्तर्गत आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’ मा प्रतिस्पर्धा गरिरहेका अन्तिम एक्काइसलाई प्रतियोगीहरु मध्ये विजेता छान्न ‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्गकार नेपालमा छन् ।
'प्रतियोगीको आत्मविश्वास देखेर म प्रभावित भएँ । उनीहरूको भविष्य उज्वल देखेको छु',मौलिङ्गकारले भने,‘पटक पटकको प्रयासपछि नेपाल आइपुगेको छु। यसअगाडी कोरोना भाइरसको कारण भएको कडाइले गर्दा आउन सकेको थिइन् ।’
उनको नेपाल आगमन र प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुले अन्तर्राष्ट्रियस्तरमा छवि निर्माणमा सघाउने आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले जानकारी दिएको छ । नेपालमा प्याजेन्ट ल्याएर प्रतियोगिता गराईरहेका नेपाल निर्देशक सन्तोष उपाध्यायले मौलिङ्गकारले फाइनलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिनेछन् । जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रानेसनल र मिस्टर इन्टरनेशनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रानेसनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।

‘मिस यूनिभर्स’को अन्तिम २० मा रोकिदा पनि किन भयो दीपिकाको चर्चा ?
_AlcHiO19cg_yaqifunkc4b0yewv6hmi1pq7n8cb5u48hymdyswkyqut88tmw9trq1geoyr5_x020gol1mK_3mjehypmyzv3cpsndr02ltate4f8rd8ajslrnkv1fgsyorkzczeqhenzppre.jpg)
मिसेस् नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_6NNXtXJQkb_k4zcsejxice8d3zx1vxsj1zocqlwpsss4gwdwzyhvn62lnfgd5aqsiwyhk7d.jpg)
बबिराज फेस अफ द नेशन

प्रतिक्रिया